राप्रपाको काठमाडौँ अध्‍यक्षमा लिङ्देननिकट दीपक केसी विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । देशको राजधानी रहेको काठमाडौँमा राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट दीपक केसी अध्यक्ष पदमा निर्वाचित भएका छन् । केसीले ३९० मत प्राप्त गरी बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरे । अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत ल्याए ।
नवनिर्वाचित अध्यक्ष केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका पूर्वसंयोजक समेत हुन् ।

उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देननिकट नेताका रुपमा चिनिन्छन् । ज्ञानेन्द्र शाही निकट उम्मेदवार पौडेल ३४ मतका साथ तेस्रो स्थानमा रहे ।

काठमाडाैँ अधिवेशन सम्पन्न भएसँगै राप्रपाको जिल्ला अधिवेशन भएको सङ्ख्या ५४ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्