पहाडी क्षेत्रमा बदलीको सम्भावना

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर।।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो गण्डकीका पहाडी भूभाग र लुम्बिनीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राति बागमती र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ ।

बिहीबार प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।

तराईमा हुस्सु लाग्न थालेको छ । साथै देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्