बाढीपहिरो पीडितको राहत र पुनर्स्थापनाका लागि कांग्रेसले दियो एक करोड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसले गत भदौ १० गते रसुवा, नुवाकोटलगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

सोमबार नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको पार्टीको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

बाढीपहिरोले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै पुनर्स्थापना कार्यमा सघाउन कांग्रेसले उक्त रकम उपलब्ध गराएको हो ।

अर्थमन्त्रीलाई चेक बुझाउने टोलीमा महामन्त्री पौडेलसँगै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता चालिसे, प्रमुख सचेतक वासना थापा तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरूको उपस्थिति थियो ।

विनाशकारी बाढीपहिरोका कारण रसुवा र नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति पुगेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्