हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

विराटनगर, २० मंसिर ।  मोरङको सुन्दरहरैचा–१० मा हात्तिको आक्रमणबाट ७३ वर्षीय वृद्ध मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट आज अजय बास्तोलाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला उनलाई हात्तिले आक्रमण गरेको र उनीसँगै जंगल गएकी श्रीमती जानुका भागेर ज्यान जोगाउन सफल भएको प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्