बेत्रावतीबाट उद्धार गरिएकी श्रेष्ठलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी

खबर बुक
  • ख-
  • ख+

२० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११ औँ दिनमा आज नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक सुमन बिकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो।

उद्धारका क्रममा श्रेष्ठ अचेत अवस्थामा भेटिएकी थिइन्। उद्धारपश्चात् उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक ल्याइँदैछ। प्रारम्भिक उपचार गरेपछि आवश्यकता अनुसार थप उपचारका लागि उनलाई मैबल ब्यारेकबाट काठमाडौँ लगिनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्