चितवन । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक ३८ वर्षीय राजकुमार दर्जी रहेका छन्।
प्रहरीका अनुसार रत्ननगर नगरपालिका–९ स्थित टिकौली जंगलमा पूर्व–पश्चिम राजमार्गमा टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ००४५ नम्बरको मिनी ट्रकले भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.३७ प ७०९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिहान साढे ६ बजे नयाँ मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले मिनी ट्रक चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ का ५० वर्षीय रामेश्वर खरवीन्द्रलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










