प्रकाशमानलाई भेट्न कृष्णगोपाल चाक्सीबारीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ ।

यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आमचासो बढिरहेका बेला नेताहरुले भेटवार्तालाई तीव्रता दिइरहेका छन् । बधाई तथा शुभकामना आदनप्रदानको बहानामा उनीहरु राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन् ।

प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा पुगेका हुन् ।

सिंह निवास चाक्सीबारी पुगेका श्रेष्ठ र सिंहबीच बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ ।

सिंह काठमाडौ १ बाट निर्वाचित भएका हुन् भने श्रेष्ठ काठमाडौं ९ बाट विजयी भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्