नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन सकेन- प्रकाशमान सिंह

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १९ मंसिर । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताउनु भएको छ ।

साेमबार नेपाल सेतेरियो कराँते केन्द्रीय शाखा डोजोले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले संविधान कार्यान्वयन गर्न आवश्यक ऐनको अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक साथै खेल क्षेत्रको विकाशमा सोचे जस्तो कार्य गर्न सम्भव नभएको बताउनु भएको छ ।

संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जन सेवा प्रवाहमा सोचे जस्तो कार्य गर्न नसकेको बताउनु भएको छ । त्यसैले अबको दिनमा आफूले सङ्घीयता कार्यान्वयन साथै तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउनका लागि कानुन निर्माणमा लाग्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको प्रशंसा गर्नुभएको थियो । सिंहले समग्र खेल क्षेत्रको विकाशका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दाबी गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्