नुवाकोटबाट बन्दुकसहित वृद्ध पक्राउ

खबर बुक
  • ख-
  • ख+

नुवाकोट, १८ मंसिर । अवैध रूपमा राखिएको बन्दुकसहित एक वृद्धलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ ।

शिवपुरी गाउँपालिका–३ नयाँगाउँ घर भएका स्थानीय ६० वर्षीय हर्कबहादुर तामाङलाई दुई थान भरूवा बन्दुक र त्यसमा प्रयोग गरिने करिव एक किलोग्राम बारूदसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई विदुरस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्