पार्टीकै आन्तरिक कमिकमजोरीका कारण स्थानीय निर्वाचनमा केहि सिट गुमाउनुपरेको एमाले उपाध्य नेम्वाङको भनाई

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पार्टी कै आन्तरिक कमिकमजोरीका कारण स्थानीय निर्वाचनमा केहि सिट गुमाउनुपरेको बताउनुभएको छ ।

शनिबार एमालेको केन्द्रीय सम्पर्क समन्वय कमिटीले काठमाडौंमा गरेको कार्यक्रमा उहाले एमालेलाई गठबन्धनले हराएको नभई उम्मेदवार चयन लगाएतका आन्तरिक कमी कमजोरीका कारण सिट गुमाउनुपरेको बताउनुभएको हो । उहाले आगामी निर्वाचनमा स्थानीय निर्वाचनमा देखिएको कमी कमजोरीलाई सच्चाएर अघि बढ्ने दावी गर्नुभयो । नेम्वाङले मंसिर चार गर्ने हुने निर्वाचनमा एमालेले चूनाव जित्ने प्रसस्त आधारहरु रहेको र गठबन्धन भने चूनाव जित्न नसक्ने अवस्थामा रहेको जिकिर गर्नुभयो । एमालेले गरेका राम्रा कामका साथै गठबन्धनले देशको हित बिपरित गरेको कामलाई जनताले मूल्याङ्कन गर्ने उहाको भनाई छ ।

त्यस्तै नेम्वाङले आगामी निर्वाचनमा एमालेका बिचार जनतामाझ लैजान र पार्टीलाई बहुमतले जिताउने गरि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्