सशस्त्रका दुई जना महिला कर्मचारीले गरे सगरमाथा आरोहण

खबर बुक
  • ख-
  • ख+

०३ जेठ, काठमाडौँ । सशस्त्र प्रहरी बलका दुई जना महिला कर्मचारीले सगरमाथा आरोहण गरेका छन् । सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पा आइतबार बिहान सगरमाथाको शिखरमा पुगेका हुन् ।

कार्कीले बिहान १० बजेर २० मिनेटमा र शेर्पाले ११ बजेर ५५ मिनेटमा सगरमाथा आरोहण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । सशस्त्रबाट प्रहरी बलबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो कर्मचारी हुन् ।

निम डिक्की इलामको सन्दकपुर गाउँपालिकाकी स्थानीय हुन् । रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरे घर भएकी आरोपी अनिता कार्की राष्ट्रिय फेन्सिङ खेलाडी पनि हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्