मुख्यमन्त्री शाह भन्छन- प्रदेश र स्थानीय तहको निर्वाचन चाँडै हुनुपर्छ

खबर बुक
  • ख-
  • ख+

बैशाख ९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेश अनुसार प्रदेश र स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्ने बताएका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल पत्रकार महासङ्घका प्रदेश तथा कैलाली जिल्लाका पदाधिकारीहरूसँगको भेटघाटमा उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री शाहले भदौ २३ र २४ गते भएको युवा आन्दोलनको भावना अनुसार सङ्घमा नयाँ सरकार बने जस्तै प्रदेश र स्थानीय तहमा पनि नयाँ निर्वाचन हुन जरुरी रहेको उल्लेख गरे।

‘नयाँ जनादेशका लागि प्रदेश र स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाँडो हुनुपर्छ, चुनावका लागि सङ्घ सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्छ,’ उनले भने।

यस्तै मुख्यमन्त्री शाहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रदेश सरकार दृढ रहेको बताए । उनले पत्रकारहरूसँगको कुराकानीमा नागरिकको बोल्न पाउने अधिकार र स्वतन्त्र पत्रकारितालाई सरकारले सधैँ सम्मान गर्ने प्रतिबद्धता समेत जनाए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्