अछाममा बँदेलको आक्रमणमा परी एक युवकको मृयु

न्युज कारखाना
  • ख-
  • ख+

अछाम, १७ मंसिर । अछाममा बँदेलको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका-६ शोषशाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको थियो । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काका अनुसार बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो ।

मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्