सभामुख अर्याल र पूर्वसभामुखबिच भेटघाट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० चैत। सभामुख डोलप्रसाद (डीपी) अर्याल पूर्वसभामुखहरूसँग छलफलमा जुटेका छन् । उनले आइतबार पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटघाट गरे ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदान–प्रदान, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा विचारविमर्श भएको सभामुखको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्