ओलीको शल्यक्रिया थालियो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ३० चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सुरु भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया हुन लागेको अस्पतालका निर्देशक डा।सुवास आचार्यले जानकारी दिए ।

अस्पताल स्रोतका अनुसार डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले पित्तथैलीमा रहेको ओलीको २२ एमएमको ढुंगा निकाल्नेछ ।

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुर, गुण्डुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएका कारण उनी सोही दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्