२७ चैत, काठामाडौं । नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ लिएकी छिन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज साँझ आयोजित विशेष समारोहकाबीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन्।
शपथ समारोहमा राष्टपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाहयप्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थको सहभागिता रहेको थियो।
उनी आजै उपसभामुखमा निर्वाचित भएकी थिइन्।











