देश जटिल आर्थिक तथा सामाजिक अवस्थाबाट गुज्रिरहे छ : सांसद डा.लामा

खबर बुक
  • ख-
  • ख+

२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा राम लामाले देश जटिल आर्थिक तथा सामाजिक अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति निर्माणलाई प्रभावकारी कार्यान्वयनलाई परिणाममुखी र अनुगमनलाई कडाइका साथ अघि बढाउन सरकारलाई आग्रह गरे।

उनले भने, ‘नीति निर्माणलाई प्रभावकारी, कार्यान्वयनलाई परिणाममुखी र अनुगमनलाई कडाइका साथ अघि बढाइनुपर्छ ।’

महंगीका कारण नागरिकको दैनिक जीवन प्रभावित भएको, बेरोजगारीले युवाहरूमा निराशा बढाएको र अवसरको अभावले ठुलो सङ्ख्यामा युवा विदेशिन बाध्य भएको बताए ।

उनले सेवा प्रवाहमा ढिलासुस्ती र बढ्दो भ्रष्टाचारका कारण राज्यप्रतिको नागरिकको विश्वास कमजोर बन्दै गएको पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्