काठमाडौँ, २१ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी कार्यालयमा आज दिउँसो पार्टीका संरक्षक महन्थ ठाकुरसहित शीर्ष नेताबिच समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको हारको समीक्षा तथा मधेसी दलबिचको एकताका विषयमा छलफल केन्द्रित रहेको थियो ।
छलफलमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ, पूर्वप्रदेश प्रमुख एवं मन्त्री उमाकान्त झा, पूर्वमुख्यमन्त्रीद्वय लाल बाबु राउत र जितेन्द्र सोनल, कार्यकारिणी सदस्य प्रकाश अधिकारी, डा सुरेन्द्र कुमार झा, खालिद शिद्दिकी, विनोद सिंहलगायतको उपस्थिति रहेको थियो ।











