एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति

खबर बुक
  • ख-
  • ख+

२० चैत, काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबार संसदमा दिएको विवादास्पद अभिव्यक्ति सच्याएको छ।

च्यासलमा बसेको सचिवालय बैठकले विशेषगरी नेपाली सेना, कर्मचारीतन्त्र र अन्तर्राष्ट्रिय समुदायलाई लिएर बादलबाट आएको अभिव्यक्तिलाई लिएर बैठकमा गम्भीर छलफल भएको र ती निकायप्रति सदैव पार्टीको सम्मान रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ’, बैठकपछि एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्