गृहमन्त्री गुरुङ जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० चैत । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा घाइते भएकालाई भेटेका छन् ।

उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा। शर्माप्रति आभार व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्