सांसदलाई ओलीको निर्देशन– संसद्मा सशक्त भूमिकामा खेल्नू

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ चैत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका सांसदहरूलाई सशक्त प्रतिपक्षको भूमिकामा निर्वाह गर्ने निर्देशन दिएका छन्।

आज पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै आकार सानो भएपनि प्रतिपक्षको भूमिका निर्वाह गर्न चुक्न नहुने बताए।

उनले चाँडै सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राख्ने बताए। उनले सांसदहरू अनुशासित भएर पार्टीको नीतिअनुसार चल्नुपर्ने भन्दै संसद्मा आफू खुसी डम्फु बजाउन नपाइने बताए। उनले विगतमा पार्टीका सांसदहरूले आफू नेतृत्वको सरकार ढालिएको स्मरण गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्