काठमाडौँ, ८ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली पक्षको विरोधलाई बेवास्ता गर्दै भारत र चिनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्ने तयारी गरेकोप्रति निराशा प्रकट गरेका छन् ।
पाँच वर्षदेखि बन्द नेपालको लिपुलेक क्षेत्र हुँदै भारत–चीन व्यापार मार्ग आगामी जुन १ तारिखदेखि खुलाउने घोषणा गरेपछि एमाले नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।
बास्कोटाले आज सामाजिक सञ्जालमार्फत भनेका छन् ‘लिपुलेक नक्सा हाम्रो, नियन्त्रण अरूकै भइहाल्यो। एक सय बिस अर्ब डलरको वार्षिक कारोबार गर्ने दुई छिमेकीको योजनाको सानो व्यापारिक नाकाको हामी छेउमा बसेर हेरिरहनुपर्ने भयो । यस्तै हो– शक्ति र समयको संयुक्त प्रहार’











