प्रधानमन्त्री कार्कीद्धारा रारा तालको भ्रमण

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ५ चैत । प्रधानमन्त्री सुशीला कार्कीले मुगु जिल्लामा अवस्थित रारा तालको भ्रमण गरेकी छिन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत रारा पुगेकी कार्कीले तालको अवलोकन गरिन् ।

साथै, सुरक्षा निकायसँग छलफल गर्दै जुम्ला फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले रातोपाटीलाई बताए ।

रारा पुगेर कार्कीले कर्णालीको विकट भौगोलिक अवस्था र सीमित स्रोत साधनका बाबजुद निर्वाचन सफल पार्न भूमिका खेल्ने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्