जनमत पार्टीको महाधिवेशन असोजमा गर्ने निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ चैत । जनमत पार्टीको महाधिवेशन ६ महिना पछि सरेको छ । हिजो बसेको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी २० र २१ चैतमा तय भएको पार्टीको महाधिवेशन सारेर ९ र १० असोज २०८३ मा गर्ने निर्णय गरेको हो ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएका हुन् । साथै, जनमत पार्टीले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा बैठक गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्