काठमाडौं, १ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।











