बालेनले बुझाए आफ्नो चुनावी खर्चको विवरण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । झापा ५ बाट निर्वाचित शाहले आज आफ्नो चुनावी खर्च बुझाएका हुन् ।

उनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् ।

उनले सवारी साधन भाडा २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रम खाना खर्च २९ हजार ३९०, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७०, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार भएको उल्लेख गरेका छन्।

यस्तै, सबैभन्दा कम मनोनयनका लागि १० हजार खर्चको हिसाब छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्