काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा विकसित उच्च चापीय प्रणालीको प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। ती क्षेत्रसहित देशका बाँकी भूभागमा तुवाँलो लागेको छ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति पनि तराईका केही स्थानमा तुवाँलो कायम रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।










