धादिङ बस दुर्घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा कार्यदल गठन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ फागुन । धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । घटनाबारे छानिबन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए ।

आज बिहान पोखराबाट आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैंसीगौडामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्