काठमाण्डौं, १० फागुन । रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायको विवादले उग्र रुप लिएपछि जारी अनिश्चितकालीन कर्फ्यूका कारण अदालतको सम्पूर्ण काम कारबाही स्थगित भएको छ । गौर नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकाले अदालतको काम कारबाही पनि प्रभावित भएको हो ।
अदालतले सूचना निकालेर अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने जानकारी गराएको छ ।
जिल्ला प्रशासन कार्यालयकाअनुसार विवाद समाधानका लागि अहिले सर्वपक्षीय बैठक बसिरहेको छ ।











