रास्वपाको पोखरामा गर्ने भनिएको चुनावी सभा पनि स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा स्थगित गरेको छ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले बताइन्।

हिजो दाङमा एमालेको झन्डा जलाएपछि द्वन्द्व निम्तिनसक्ने देखिएकाले रास्वपाले तत्काललाई सभा स्थगित गरेको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्