कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छः सभापति थापा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले अव सरकार नियुक्तिमा दल होइन अब्बल खोजिने बताएका छन् ।आज काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले भने, ‘नेपाली कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छ ।’

उनले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने बताए । उनले नागरिकले पाउने सेवा कार्यालय केन्द्रित होइन, नागरिक केन्द्रित बनाउने पनि बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्