काठमाण्डौं, ५ फागुन । निर्वाचन लक्षित कार्यक्रममा व्यस्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् । उनले आज दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्ने भएका हुन् ।
कार्यक्रमअनुसार ओली बिहान वडा नम्बर ३ को दुम्से चोक टुकुरेमा सहभागी हुनेछन् । त्यसपछि वडा नम्बर ८ को संगम चोक, कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा कार्यक्रम तय गरिएको निर्वाचन परिचालन समिति अन्तर्गतको मिडिया परिचालन उपसमिती संयोजक इन्द्र भण्डारीले जानकारी दिए ।
उनी सूर्य चोक, गुम्बा चोक र मुना चोक क्षेत्रमा,र किराँत चोकमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।











