कांग्रेसद्धारा केन्द्रीय अनुशासन समितिको बैठक आवहान

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आवहान गरेको छ । यहीँ हप्ताको शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामाबस्ने गरी बैठक बोलाएको हो ।

बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

देशभर कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्