यस वर्ष महाशिवरात्रिमा ६ लाख बढीले पशुपतिनाथको दर्शन गरे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ फागुन । यस वर्षको महाशिवरात्रीका दिन आइतबार ६ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।

हिजो राति ९ बजेसम्म छ लाख बढीले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए।

बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेकामा राति ९ बजेसम्म नै उस्तै सहभागिता थियो। यस वर्ष कम्तीमा आठ लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको थियो।

शिवरात्रिका लागि छिमेकी मुलुक भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्