उपसभापति शर्मा फागुन १ गतेसम्म लुम्बिनी प्रदेशको चुनावी कार्यक्रममा सहभागि हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सोमबारबाट लुम्बिनी प्रदेशमा चुनावी कार्यक्रममा सम्बोधन सुरु गरेका छन् । तालिका अनुसार उपसभापति शर्माले हिजो चितवन र पूर्वी नवलपरासीमा सम्बोधन गरेका थिए ।

कांग्रेसले सार्वजनिक गरेको गरेको तलिका अनुसार शर्मा आजबाट फागुन १ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा दैनिक दुई कार्यक्रममा सहभागी हुने छन् ।
शर्मा सोमबार चितवनमा भएको कार्यक्रमपछि अपरान्ह ४ बजे नवलपुर क्षेत्र नं १ मा पुगेका थिए । त्यहाँ पार्टी प्रवेश कार्यक्रममा शर्मा सहभागी भएका थिए ।
उनले आज बिहान ११ बजे नेपाली कांग्रेसका सबै उम्मेदवारसहितको बाँके जिल्लास्तरीय वृहत भेलामा सहभागी हुने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, आजै दिउँसो ३ बजे नेपाली कांग्रेसको उम्मेदवारसहित बर्दिया क्षेत्र नं १ को क्षेत्रीय स्तरीय भेलामा सहभागी हुने छन् । बुधबार भने उपसभापति शर्मा बिहान ११ बजे नेपाली कांग्रेसका सबै उम्मेदवार सहित दाङ जिल्लास्तरीय वृहत भेलामा सहभागी हुनेछन् ।

यस्तै, माघ २९ गते बिहान ११ बजे उपसभापति शर्मा सबै उम्मेदवारसहितको रुपन्देही जिल्लास्तरीय वृहत भेलामा सहभागी हुनेछन् ।

२९ गते नै दिउँसो ३ बजे नेपाली कांग्रेस, लुम्बिनी प्रदेश, निर्वाचन परिचालन समितिको बैठकमा पनि उपसभापति शर्माले सम्बोधन गर्ने तालिका कांग्रेसले सार्वजनिक गरेको छ ।

यस्तै, फागुन १ गते उपसभापति शर्माले बिहान ११ बजे पाल्पाको जिल्लास्तरीय वृहत भेलामा सम्बोधन गर्ने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्