काठमाण्डौं, २६ माघ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
जिल्लाको घोराही उपमहानगरपालिका १६ स्थित सेवार खोलामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको पहिचान खुलेको छैन।
लु प्र ०२००१ प ११०२ नं को ‘पल्सर’ मोटसाइकल घोराही तुलसीपुर सडकखण्डको सेवार खोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। दुर्घटना गएराति भएको प्रहरीको अनुमान छ।
प्रहरीले सोमबार बिहानै उनीहरूको शव निकालेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो।











