कठमाण्डौं, २६ माघ । बास नेपालको आयोजनामा सूचनाको हक सम्वन्धि दुई दिने तालिम शुरु भएको छ । आइतबारदेखि जुममार्फत उक्त तालिम शूरु भएको हो ।
तालिमको मुख्य प्रशिक्षणका रुपमा बास नेपालका पदाधिकारी, प्रदेश, शाखा, उपशाखाका प्रतिनिधि र सक्रिय सदस्यहरुका लागि आयोजना गरिएको उक्त तालिम राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटा रहेका छन् ।
कार्यक्रमको सहजिकरण बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका छन् । नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा तालिमको उद्धेश्य माथि प्रकाश पारेका थिए ।
तालिममा प्रशिक्षण दिदै प्रमुख प्रशिक्षक पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक लोकतन्त्रको बायुप्राण भएको उल्लेख गर्दै सूचनाको हक प्रबद्र्धन, प्रचलनले मुलुकको सुशासन बहालीमा योगदान पुग्ने बताए ।
यस्तै, तालिममा ३० जना भन्दाबढि बास नेपालका प्रतिनिधिहरु सहभागि छन् । तालिम भोली सम्म सञ्चालन हुने बास नेपालले जानकारी गराएको छ ।











