म्युजिक भिडियो कलाकार संघ नेपालको “चौथो अधिबेशन २०८२” भब्य रुपमा सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २४ । म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” भब्य रुपमा सफल भएको छ।

“८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” सम्झना बुढाथोकीको अध्यक्षता र बरिष्ठ निर्देशक बाबुराजा केसी उज्जवलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सो अधिबेशनको कार्यक्रम सञ्चालन सुनिल लामिछानेले गरेका थिए। “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारी अध्यक्ष पदमा निर्वाचित भएका छन् भने बरिष्ठ उपाध्यक्षमा सुनिल लामिछाने, उपाध्यक्षमा देबेन्द्र क्षत्री, महिला उपाध्यक्षमा सारिका केसी, महासचिबमा सनम कठायत, सचिब खुल्लामा बिक्रम चौहान र ओबी रायमाझी, महिला सचिबमा उषा सुबेदी, कोषाध्यक्षमा प्रबिण थापा, सहकोषाध्यक्षमा सञ्चिता शाही, सदस्यहरुमा बिक्रम बुढाथोकी, लोमश शर्मा, सन्ध्या सानु, रोशन सिंह, शेर बहादुर साउद, शिशिर पौडल, रबिना भण्डारी, अस्मता पुरी र अस्मिता जुरेली आदी निर्वाचित भएका छन्।

म्युजिक भिडियो कलाकार संघ नेपालको अध्यक्षमा बिमल अधिकारी अध्यक्षमा निर्वाचित भएपछि सम्पुर्णलाई धन्यबाद दिदै संस्थालाई अझ द्रुत गतीमा लैजाने र संस्थालाई माया गर्ने ब्यक्तिहरुलाई सल्लाहकारको रुपमा मनोनयन गरिने कुरा जानकारी गराउदै सरकारले कलाकारलाई गहना मात्र गराउने होईन कलाकारलाई वास्तविक गहना बनाउनमा जोड दिनुपर्छ भन्ने अभियान चलाउने, कलाकारको दुख पिडामा मलम लगाउन कोसिस गर्ने भन्दै प्रतिबद्धता जनाएका छन्।

नव निर्वचित कार्यसमिति (२०८२-८४) अध्यक्ष्य – विमल अधिकारी वरिष्ठ उपाध्यक्ष – सुनिल लामिछाने उपाध्यक्ष – देवेन्द्र क्षेत्री महिला उपाध्यक्ष – सारीका के.सि महासचिव – सनम कठायत सचिव – बिक्रम चौहान / ओबि रायमाझि महिला सचिव – उषा सुबेदि कोषाध्यक्ष – प्रविन थापा सह-कोषाध्यक्ष- सन्चिता शाहि सदस्य – विक्रम बुढाथोकि सन्ध्या सानु लोमश शर्मा रोशन सिङ शेर बहादुर साउद शिशिर पौडेल अस्मिता जुरेलि अस्मिता पुरी रविना भन्डारी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्