काठमाण्डौं, २५ माघ । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गएराति भएको आक्रमणबाट एक जना घाइते भएका छन्।
जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया छोरी रोजिना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद घाइते भएकी छन्।
घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।











