काठमाडौं, २४ माघ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रवार राति लम्कीचुहा नगरपालिका–५ तिकलपुर स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ३२ वर्षीय दीपेन्द्र रावलको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रा ६ प ३१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका रावलको टीकापुर अस्पताल टीकापुरमा उपचारको क्रममा मृत्यु भएको हो ।











