संविधान संशोधनका लागि उम्मेदवार बनेको पोखरेलको दाबी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २२ माघ ।नेकपा एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार ईश्वर पोखरेलले सुझावको मागेका छन् । आफू प्रतिवद्धतापत्र निर्माणको क्रममा रहेको भन्दै नेता पोखरेलले सर्वसाधारण र मतदातासँग सुझाव मागेका हुन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव माग गर्दै पोखरेलले नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणमा अघि बढ्ने उद्देश्यका साथ आफू उम्मेदवार बनेको दाबी गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्