काठमाण्डौं, २० माघ। मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरेका छन् । रंगेली–५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डल ससुराली घर पुगेर श्रीमतीको हत्या गरेका हुन् ।
उनले आफूमाथि पनि चक्कु प्रहार गरेर आत्माहत्या गरेका छन् । उनको घटनास्थलमै ज्यान गएको छ ।
त्यहाँ उनले २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब २ः४५ बजे रंगेली–५ धनपट्टीमा यो घटना भएको हो ।
मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटीमा प्रहार गरेका थिए । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











