राष्ट्रपति रामचन्द्र पौडेल जापान प्रस्थान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

आफूबाट हुने गरेका कार्यालयका नियमित काम उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई जिम्मा लगाएर राष्ट्रपति पौडेल आइतबार राति जापान प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले बिदाइ गरेका थिए ।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी र राष्ट्रपति कार्यालयका पदाधिकारी संलग्न छन् ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएका हुन् ।

राष्ट्रपति पौडेल यही माघ २१ स्वदेश फर्कने तालिका छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्