नयाँ कांग्रेसको यात्रा भर्खरै सुरु भयोः सभापति थापा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले जनताले फोहोरी गठबन्धनको राजनीति नचाहेको बताएका छन्। सभापति थापाले आज काठमाडौं–४ मा चुनाव लक्षित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता छाडेपनि पार्टीहरूले सिद्धान्त छाड्न नहुने बताए।

उनले भने, ‘सरकारका टिक्नको लागि नाजायज सम्झौता नगरुन् भन्ने जनताको चाहना छ। नेताहरूको जीवनस्तर पारदर्शित बन्नुपर्छ। पार्टी भनेको इलेक्सन मेसिन होइन, हामीले गएको वर्षसम्म पार्टीलाई चुनावमा केन्द्रित गरायौँ। हामी चुनाव लड्न र जित्नको लागि मात्रै केन्द्रित भएका थियौँ।’

उनले नयाँ कांग्रेसको यात्रा भर्खरै सुरु भएको समेत बताए । उनले अब सबै तहको टिकट माथिबाट नभई तल्लो तहबाटै बाँड्ने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्