बालेनको काठमाण्डौंस्थित घरमा चोरी, प्रहरीले शंकास्पद व्यक्तिको खोजी गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको काठमाण्डौंस्थित मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ। काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो।

शुक्रबार साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएका थिए। हिजो साँझ घर पुग्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २, ३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्। अरु सामान पनि चोरी भएको(नभएको भन्नेबारे थप खुलाइएको छैन ।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ।

प्रहरीले अहिले घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्