काठमाडौं–२ का स्वतन्त्र उम्मेदवार रुपक सिम्खडालाई ‘क्याप’ चुनाव चिह्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रुपक सिम्खडाले ‘क्याप’ चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले आज उनलाई औपचारिक रूपमा उक्त चुनाव चिह्न प्रदान गरेको हो ।

थली निवासी सिम्खडा विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को युवक संगठनमार्फत राजनीतिमा सक्रिय थिए । उनले जेन–जी युवाको भावना बुझ्दै अग्रज पुस्ताको सम्मानसहित काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

४४ वर्षीय सिम्खडाले भने, “जेन–जी आन्दोलनपछिको विकसित राजनीतिक परिस्थितिमा युवा र अग्रज पुस्ताबीच सेतु बनेर सत्कर्मलाई निरन्तरता दिने मेरो लक्ष्य हो।”

काठमाडौं–२ मा नेकपा एमालेबाट मणिराम फुयाल, नेकपा (माओवादी केन्द्र)बाट नितेश पौडेल, नेपाली कांग्रेसबाट कविर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल केसीसहितका उम्मेदवार चुनावी मैदानमा छन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट रास्वपाकी सोबिता गौतम विजयी भएकी थिइन् । यसपटक भने उनी चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्