काठमाडौँ, ८ माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारको नामावली आज (बिहीबार) प्रकाशन हुने निवर्पाचन आयोगले जनाएको छ ।
मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो। उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ। जसमा भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।











