काठमाडौं, ७ माघ । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति धन्यबाद व्यक्त गरेकी छन् । फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हने समेत बताएकी छन्।
कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागेको स्पष्ट पारेकी छन्। सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिने र सबै सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित रहेको पनि उनले बताइन्।












