काठमाण्डौ – नेपाल प्रीमियर लिग (एनपीएल)मा शनिबार दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट मैदानमा पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच हुँदै छ । खेल बिहान ११ः४५ बजे बाट शुरु हुनेछ । विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न यो खेल जित्नै पर्ने छ ।
यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ ।
्आजको दोस्रो खेल चितवन राईनोज र पोखरा एभेन्जर्स खेल्दै छन् । यो खेल दिउँसो साढे ३ बजे शुरु हुने छ । यी दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् ।्










