काठमाडौँ । हाल देशभर कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका अधिकांश क्षेत्रमा आज मौसम सामान्य रूपमा स्थिर रहनेछ।
आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिए पनि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। अन्य प्रदेशहरूमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको पूर्वानुमानः
राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य भागमा मौसम सफैँ रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार समग्रमा आजको दिनभर विशेष परिवर्तन नभई मौसम स्थिर रहनेछ।











